अनियमितता

जीतपुरसिमरा उपमहानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित दुईविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | असार १०, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराकोजीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईलगायत दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

जीतपुरसिमरा उपमहानगर-१६ मा रहेको पसाहा खोलाको खोलाजन्य सामाग्री उत्खनन् गर्ने क्रममा उनीहरुले ठूलो रकम हिनामिना गरेको पुष्टि भएको जनाउँदै अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

अख्तियारले मुद्दा दायर गरेका अन्यमा बारा कलैया–६ को ओम सप्लायर्सका प्रोपाइटर ओमशंकर प्रसाद रहेका छन् । यस्तै उक्त सप्लायर्स कम्पनीउपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पनि अख्तियारले मुद्दा दायर गरेको छ । 

दायर गरिएको मुद्दामा सेढाईसँग ९९ लाख ९९ हजार ९९९ रुपैयाँ र  प्रसादसँग र ओम सप्लायर्ससँग १ करोड ३८ लाख ९९ हजार ९९८ रुपैयाँ बिगो दाबी गरिएको छ । 

 

कर छली र विनिमय अपचलनमा २८१ विरुद्ध मुद्दा, सात राष्ट्रसेवक कर्मचारी पनि

इकागज | जेठ ३१, २०७९

काठमाडौँ - राजस्व अनुसन्धान विभागले पछिल्लो आठ महिनाको अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा २...

कामै नगरी भुक्तानी लिने गैरसरकारी संस्थाका प्रमुखलाई भ्रष्टाचार मुद्दा

इकागज | जेठ ३०, २०७९

काठमाडौं– जनचेतनामूलक कार्यक्रम नै नगरीकन नक्कली बिलका आधारमा भुक्तानी लिएको अभियोगमा अख्तियार द...

भ्रष्टाचारका अभियुक्त बने प्रधानाध्यापक र सहायक प्रधानाध्यापक

इकागज | जेठ २७, २०७९

काठमाडौं - विद्यालय भवन निर्माणमा आफूखुसी खर्च गरी भ्रष्टाचार गरेको अभियोग लगाउँदै रामेछाप दोरम्बास्थित ...

घुस लिएको आरोपमा मावि एकडाराका अध्यक्ष र प्रधानाध्यापक अख्तियारको नियन्त्रणमा

इकागज | जेठ १९, २०७९

काठमाडौं– महोत्तरीको मावि एकडाराका प्रधानाध्यापक र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्...

नक्कली बिल बनाउने संस्थाका अध्यक्ष र सामाजिक परिचालकविरुद्ध मुद्दा दायर

इकागज | जेठ १९, २०७९

सुर्खेत- नक्कली बिल भर्पाइ बनाउने नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका अध्यक्ष र सामाजिक परिचाल...