समाज

काठमाडौँमा करेन्ट लागेर युवतीको मृत्यु

इकागज |
बैशाख २३, २०८१ आइतबार १९:८ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँको शंखरापुर नगरपालिका-६ मा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ ।

सख्वाँ डेरीमा करेन्ट लागेर काभ्रे मण्डनदेउपुर नगरपालिका-६ सिपाघाट बस्ने ३० वर्षीया मिनिषा कोइरालाको आइतबार बिहान मृत्यु भएको हो । 


पम्पबाट पानी तान्ने क्रममा विद्युत् सट भई अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको सलम्बुटारस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x