अनियमितता

कृषि विकास कार्यालयका तत्कालीन निमित्त प्रमुखसहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | साउन ११, २०७९

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि बिकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढा लगायत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सिंचाई कुलो निर्माण क्रममा उनीहरुले २३ लाख १० हजार ५९६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । 

अख्तियारले मुद्दा दायर गरेको अन्यमा कृषि विकास कार्यालय मुगुका तत्कालीन सव–इन्जिनियर राजेन्द्र शाही, ना.प्रा.स. मणिचन्द्र बि.क., जिल्ला समन्वय समिति मुगुका तत्कालीन खरिदार विश्वास उपाध्याय, तीनमुखेदेखि लुबाबान्न कृषि सिंचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष बखत बहादुर सेजुवाल, सचिव लाल बहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली, सहसचिव सुरेश बुढा र छायाँनाथ रारा नगरपालिका–१० का तत्कालीन वडा अध्यक्ष धर्मदत्त सावत रहेका छन् । 

अख्तियारले दायर गरेको मुद्दामा उनीहरुसँग २३ लाख १० हजार ५९६ रुपैयाँ बिगो दाबी गरिएको छ। 

पूर्व मन्त्री, कर्मचारी, जनप्रतिनिधिलगायत माथि भ्रष्टाचार मुद्दा

इकागज | साउन २, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा १३१ वटा भ्रष्टाचार सम्बन्धी मुद्दा विश...

भ्रष्टाचारको अखडा बन्यो मधेशको मुख्यमन्त्री कार्यालय, काम पूरा नहुँदै करोडौ भुक्तानी

सुभाष कर्ण | असार ३१, २०७९

जनकपुरधाम । प्रदेशमा सुशासन कायम गर्ने प्रमुख निकाय हो मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय । तर, मधेश...

रंगशालाको स्तरोन्नतिमा भ्रष्टाचार गरेको अभियोगमा अध्यक्षसहित पदाधिकारी, इन्जिनियर, ठेकेदारविरुद्ध मुद्दा

इकागज | असार २९, २०७९

काठमाडौँ- खेलकुद रंगशालाको स्तरोन्नतिमा भ्रष्टाचार गरेको अभियोगमा जिल्ला खेलकुद विकास समिति सप्तरी...

पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालयका निर्देशकसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा, जनही ४७ लाख ३७ हजार बिगो दाबी

इकागज | असार २८, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको हरिहरभवनस्थित पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय...

तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा, ७ लाख ५१ हजार बिगो दाबी

इकागज | असार २८, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुव नाराय...

विद्यालयको रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | असार २८, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको निर्माण...

खेलकुद मैदान बनाउन नदिने विद्यालयका प्रअ र अध्यक्षमाथि भ्रष्टाचार मुद्दा

इकागज | असार २७, २०७९

काठमाडौं– एक विद्यालयका प्रधनाध्यापक र व्यवस्थापन समितिका अध्यक्षमाथि अख्तियार दुुरुपयोग अनुसन्धान आ...

आफ्नै बकपत्रविरुद्ध अदालतमा प्रतिकूल बयान दिएको अभियोगमा भ्रष्टाचार मुद्दा

इकागज | असार २७, २०७९

काठमाडौं– भ्रष्टाचार मुद्दामा आफ्नै वकपत्रविरुद्ध विशेष अदालतमा प्रतिकूल बयान दिएको अभियोगमा एक नर्...