समाज

बागमतीमा एकै दिन तीन शव फेला

इकागज |
बैशाख २३, २०८१ आइतबार १४:५६ बजे

हेटौंडा- बागमतीमा शनिबार एकै दिन तीन वटा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

बागमती प्रदेश प्रहरीका अनुसार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका–५ गुरुम्फी खोलामा ढुङ्गाको चेपमा एक पुरुषको शव भेटिएको हो । उक्त शव दोलखा जिल्ला जिरी नगरपालिका–९ घर भई हाल दोलखा गौरीशंकर गाउँपालिका–५ सुम्नास्थित छोरीको घरमा बस्दै आएका अन्दाजी ६५ वर्षीय रत्नबहादुर सुनुवार रहेको प्रहरीले जनाएको छ । उनी बिहानैदेखि घरबाट निस्की हिँडेको भन्ने बुझिएको र स्थानीयले माछा मार्ने क्रममा फेला पारेको प्रहरीले जनाएको छ ।


त्यसैगरी, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीस्थित रोक्का टोल बस्ने ३९ वर्षीय सन्दिप रोक्का घरदेखि करिब ५०० मिटर पर टलकबहादुर सार्कीको बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ पेलदानखर्कस्थित भिरमा एक शव फेला परेको जनाएको छ । हाल नाम थर वतन नखुलेको, मागी खाई हिँड्ने हेर्दा तराई मुलुकको जस्तो देखिने अन्दाजी ३५ वर्षीय एक पुरुषको शव फेला पारेको प्रहरीले जनाएको छ । उक्त शव जाँच प्रकृति पश्चात पोस्टमार्टमको लागि जिल्लास्थित धुन्चे अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x