अनियमितता

कालिकोटको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका प्रासविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | साउन २४, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन जिल्ला कृषि बिकास कार्यालय कालिकोटका प्रा.स. रत्न प्रसाद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

कालिकोटले सञ्चालन गरेको कृषि तालिम कार्यक्रमको उनले ३ लाख ८८ हजार ७५० रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज उनी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

आर्थिक बर्ष २०७०/७१ मा जिल्ला कृषि विकास कार्यालय कालिकोटले सञ्चालन गरेको कृषि तालिम कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी परेपछि  अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धान हुँदा उक्त कार्यक्रममा पाण्डेले झुट्टा बिल बनाई स्रेस्तामा समावेश गरी भुक्तानी लिने कार्य गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको जनाएको छ । 

दायर गरिएको मुद्दामा उनीसँग ३ लाख ८८ हजार ७५० रुपैयाँ बिगो दाबी गरिएको छ । 

सडक स्तरोन्नति गर्दा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर

इकागज | साउन २३, २०७९

काठमाडौँ-  रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद राय, इन्जिनियर राम किशोर...

अख्तियारमा फेसबुक र भाइबरबाट पनि उजुरी, डेढ महिनामा १५ सय दर्ता

इकागज | साउन २२, २०७९

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा ...

गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतले सडक निर्माणमा भ्रष्टाचार गरेपछि...

इकागज | साउन २२, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत ट...

आन्तरिक राजस्व कार्यालय महाराजगंजका अधिकृत ३० हजार घूससहित ‘रंगेहात’ पक्राऊ

इकागज | साउन १८, २०७९

काठमाडौं - आन्तरिक राजस्व कार्यालय, महाराजगंजका एक अधिकृत ३० हजार रुपैयाँ घूस रकमसहित अख्तियार दुरुपय...

बढ्यो भ्रष्टाचारका कसुर र बिगो रकमः ६३९ कसुरमा दुई अर्ब ७८ करोडभन्दा बढीको बिगो दावी

इकागज | साउन १४, २०७९

काठमाडौँ- गत आर्थिक वर्ष २०७८/७९ मा भ्रष्टाचारका कसुर र बिगो रकममा वृद्धि भएको छ। अख्तियार दुरुपयोग अ...