अनियमितता

सार्वजनिक कुलो व्यक्तिको नाममा पास गर्ने १४ विरुद्ध अख्तियारको मुद्दा

इकागज | पुस ५, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन नापी अधिकृतहरू ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्वेक्षक तथा प्रथम तहका जग्गाधनीसमेत १४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा  विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

रुपन्देही, साबिक दुधराक्ष गाबिस–७ (क) र वडा–२ (क) को जग्गा नापी कार्यालय, रुपन्देहीका कर्मचारी तथा जग्गाधनीसमेत मिली फायल नक्सा तयार गर्दा सार्वजानिक कुलोको जग्गासमेत समावेश गरी नक्सा तयार गरी सार्वजनिक कुलो व्यक्ति विशेषको नाममा कायम गरेको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उनीहरूको मिलेमातो रहेको पाइएको अख्तियारको भनाइ छ । 

नियम विपरीत वदनियत राखी व्यक्तिगत लाभ लिने उद्देश्यका साथ जग्गाधनीसँग मिलेमतो गरी सरकारी सार्वजनिक कुलोको फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएको र भित्री ग्राभेल सडक भएको जग्गाको न्यूनतम मुल्यांकनअनुसार घुसाएको जग्गाको १० लाख ६५ हजार दुई सय पाँच रुपैंया पचास पैसा बराबर हिनामिना गरेको आरोप छ । 

अख्तियारद्वारा तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष लामाविरुद्ध राजस्व चुहावटको मुद्दा

इकागज | पुस ३, २०७९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष स...

इन्जिनियर सत्याल र प्लम्बर थापाविरुद्ध भ्रष्टाचार मुद्दा, २८ लाख बिगोदाबी

इकागज | मंसिर २६, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, रामेछापका इन्ज...

दश हजार घूस मुद्दामा विशेष फैसलाप्रति असन्तुष्टिसहित अख्तियार सर्वाेच्च गयो

इकागज | मंसिर १९, २०७९

काठमाडौं– भ्रष्टाचारका मुद्दामा विशेष अदालतबाट फैसलाप्रति ‘चित्त नबुझे’ अख्तियार दुरू...

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ल्याब टेक्निसियन र शिक्षकमाथि मुद्दा

इकागज | मंसिर १८, २०७९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी करार सेवामा प्रवेश गर्ने &n...

चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्षसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | मंसिर १६, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्षसहित चारजनाविरु...

आफू अनुकुल इष्टिमेट चेन्ज गरेकाे आराेपमा तत्कालीन प्रमुख डिभिजन इन्जिनियर पाण्डेविरुद्ध मुद्दा

इकागज | मंसिर १४, २०७९

काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इ...

सल्यानका तत्कालीन प्रमुख इन्जिनियरसहित ६ जनाविरुद्ध अख्तियारकाे मुद्दा

इकागज | मंसिर १४, २०७९

काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय, सल्यानका तत्कालीन निमित्त कार्यालय...

पूर्वाधार विकास कार्यालयका तत्कालीन निमित्त प्रमुख विरुद्ध मुद्दा दायर

इकागज | मंसिर १३, २०७९

काठमाडौँ । सल्यानको शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपम...