अनियमितता

अख्तियारद्वारा दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इञ्जिनियर दाहाल र सवइञ्जिनियर विसीविरुद्ध मुद्दा दायर

इकागज | फागुन ८, २०७९

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इञ्जिनियर सरोजकुमार दाहाल र तत्कालीन सवइञ्जिनियर नविनकुमार विसीमाथि मुद्दा दायर गरेको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सडक निर्माण योजनाको रकम हिनामिना गरेको भन्दै आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेकाे हाे ।

आपसी मिलेमतो गरी निगालपानी रेग बगौरा सडक निर्माण योजना सम्झौतामा निर्धारित सर्त र मापदण्डविपरीत झुट्टा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी मापदण्ड अनुसार सडक निर्माण भएको भनी बदनियतपूर्वक वास्तविक भए गरेको कार्य लुकाइछिपाइ नभए नगरेको कुरा देखाई भ्रष्टाचार निवारण ऐन, २०५५ को दफा १९ को उपदफा (२) बमोजिम कसूर गरेको अख्तियारको दाबी छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा दैलेखको गुराँस गाउँपालिका वडा नं. ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माण योजनाको रकम उनीहरूले हिनामिना गरेको आयाेगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

विशेष अदालतमा दायर मुद्दामा अख्तियारले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ उपदफा (२) बमोजिमको सजाय मागदाबी गरेको छ ।

  

 

 

 

 

रसुवा भन्सारका तत्कालीन अधिकृतविरुद्ध २ करोड बढी अकुत सम्पत्तिको मुद्दा

इकागज | फागुन ४, २०७९

काठमाडौं– रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध २ करोड १० लाख १० ...

बुटवलका तत्कालीन डिभिजन प्रमुख श्रेष्ठ र दासविरुद्ध अख्तियारमा मुद्दा

इकागज | फागुन २, २०७९

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धानमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन, बुटवलका तत्कालीन...

विश्वका दुई तिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्या, नेपालको अंकमा केही सुधार

इकागज | माघ १७, २०७९

काठमाडौँ - नेपालको सुशासनको अवस्था गत वर्षको तुलनामा केही सुधार भएको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्ने ...

राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर

इकागज | माघ १५, २०७९

काठमाडौं- राजश्व अनुसन्धान विभाग तत्कालीन शाखा अधिकृत रामजी रिजाल अकुत सम्पत्ति कमाएको अभियोगमा दोषी ठ...

गुण नियन्त्रण विभाग बबरमहलका ईन्जिनियर योगेन्द्र ढुंगेल १ लाख ५० हजार घुससहित पक्राउ

इकागज | माघ १२, २०७९

काठमाडौँ - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलका आठौं तहका कर्मचारीलाई १ लाख ५० हजार घुससहित ...

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलका प्रमुख चुँडाल अख्तियारको नियन्त्रणमा

इकागज | माघ ९, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मि...

गल्याङमा अदुवाको बीउ किन्दा भ्रष्टाचार, पूर्वमेयरसहित कर्मचारीविरुद्ध मुद्दा

इकागज | माघ ९, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी र न...