अनियमितता

खरिदार र लेखनदास १५ हजार घूससहित पक्राउ

इकागज | चैत १९, २०७९

वीरगंज- भूमि सुधार तथा मालपोत कार्यालय बारामा कार्यरत खरिदार र एक जना लेखनदास पक्राउ परेका छन् । उनीहरूलाई १५ हजार घूसको रकमसहित पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा दुवैलाई पक्राउ गरेको जनाएको छ । मालपोत बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखनदास गौरीशंकर कुशवाहलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग घूस रकम लिँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनायो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बाराको कलैयामा स्टिङ अपरेशन सञ्चालन भएको बताए ।

वैदेशिक रोजगार विभागका सुब्बा ३० हजार घुससहित पक्राउ, अख्तियारमा मुद्दा दायर

इकागज | चैत ८, २०७९

काठमाडौं - वैदेशिक रोजगार विभागका नायव सुब्बा प्रमोद पाण्डे ३० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ प...

जग्गाको कम मूल्यांकन गरी राजश्व छली गरेको अभियोगमा वडाध्यक्षविरुद्ध मुद्दा

इकागज | फागुन २६, २०७९

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपश्चिम राजमार्गमा जोडिएको जग्गाको कम मूल्याङ्कन गरी राज...

शम्भुनाथका मेयर र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

इकागज | फागुन १७, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ता र ...