अनियमितता

आन्तरिक राजस्व कार्यालय महाराजगंजका अधिकृत ३० हजार घूससहित ‘रंगेहात’ पक्राऊ

इकागज |
साउन १८, २०७९ बुधबार २०:५१ बजे

फाइल फोटो

काठमाडौं - आन्तरिक राजस्व कार्यालय, महाराजगंजका एक अधिकृत ३० हजार रुपैयाँ घूस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘रंगेहात’ पक्राऊ गरेको छ ।

आयोगको दाबी अनुसार, कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घूस लिएका हुन् । घूस मागेको सूचना आएपछि आयोगको टोलीले विन्दु श्रेष्ठ प्रधान पक्राउ गरेको हो ।


प्रधानलाई सेवाग्राहीबाट घूस लिइसकेको अवस्थामा आयोगको टोलीेले पक्राउ गरेको हो ।
 


Author

थप समाचार
x