संसद्

संसद्को यो अधिवेशन कानुन बनाउने र जनताका मुद्दामा केन्द्रित हुने विश्वास छ- सभामुख

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १६:४० बजे

काठमाडौँ - प्रतिनिधिसभाको बैठक शुरु भएको छ । प्रतिनिधिसभाको बैठक शुरु हुना साथ सभामुख देवराज घिमिरेले यो अधिवेशनले नीति नियम बनाउन र जनताका सरोकारका विषयमा काम गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले राजनीतिक दाउपेचलाई मात्र नभई मुलुकको समृद्धि र नागरिकका मुद्दाहरूलाई केन्द्रमा राखेर कम गर्नुपर्ने बताउँदै संसदमा उठेका विषयलाई प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको सभामुखले बताएका छन् ।


उनले यो अधिवेशन कानुन निर्माण देखि जनताका मुद्दामा केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् ।


Author

थप समाचार
x