समाज

राैतहटबाट गाँजासहित दम्पती पक्राउ

इकागज |
बैशाख १५, २०८१ शनिबार २०:५१ बजे

रौतहट- रौतहटमा प्रहरी गस्ती टोलीले स्थानीय कटहरिया नगरपालिकास्थित लागूऔषध गाँजासहित बारा निजगढका एक दम्पतीलाई पक्राउ गरेको छ ।

गाँजासहित पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका १ बजार टोलका अटो रिक्सा चालक वर्ष ४२ को अनन्त बराइली र निजको श्रीमती वर्ष ३५ की मन्जु बराइली रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।


कटहरिया २ स्थित अस्थायी प्रहरी पोष्ट छेदिचौकबाट खटिएको गस्ती टोलीले विशेष सूचनाको आधारमा वडा २ छेदिचौकमा प्र.२-०३-००१ह ३१५ नम्बरको अटोलाई चेकजाँच गर्दा सिटमुनि रातो झोलामा लुकाई ल्याएको १० किलो ५ सय ग्राम गाँजा बरामद गरेको थियो ।

बरामद गाँजा संगै प्रहरीले अटो चालक अनन्त र निजको श्रीमती मन्जुलाई पक्राउ गरेको छ । गाँजा, अटो र चालक दम्पतीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गरुडा पठाएको तथा थप अनुसन्धान भई रहको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


Author

थप समाचार
x