अनियमितता

मलमा चलखेल

रासायनिक मल खरिदमा एक अर्व ५३ लाख रुपैयाँ भ्रष्टाचारको अभियोग

इकागज | पुस १८, २०७८

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १० जनाविरुद्ध एक अर्व ५३ लाख २२ हजार ४ सय छ रुपैयाँ बहत्तर पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा चलाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका कम्पनीबाट कम गुणस्तरको मल खरिद गरी उक्त परिमाणमा भ्रष्टाचार गरेको दाबी आयोगकाे छ । आयोगको अनुसन्धानले कृषि सामाग्री कम्पनी लिमिटेडका कर्मचारीहरु र आपूर्तिकर्तासमेतको मिलेमतोमा विना प्रतिस्पर्धामा मल खरिद भएको थियो । 

आयोगका अनुसार, आयातित मलको नमुना परीक्षण गराउँदा नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्राप्त परीक्षण प्रतिवेदनबाट उक्त मल तोकिएको 'स्पेशिफिकेशन' भन्दा कम गुणस्तरको भेटिएको थियो । कम्पनीले तयार गरेको 'स्पेशिफिकेशन' बमोजिम नै गुणस्तर भएको भनी गलत परीक्षण प्रतिवेदन बनाई भन्सार नाका तथा कृषि सामाग्री कम्पनी लिमिटेड प्रधान कार्यालयमा पेश गरे/गराएको देखिएको थियो ।

उक्त मल आयातमा ९० प्रतिशत भुक्तानी समेत भइसकेको छ । उक्त भुक्तानी सरकारी रकम हानि नोक्सानी भएको पुष्टी हुन आएकाे दाबीसहित आरोपितहरुलाई सजायँको माग दाबी गर्दै आयोगले मुद्दा दर्ता गरेकाे हाे । 

भुक्तानी दिने निर्णय प्रक्रियामा संलग्न कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप–प्रबन्धक पुष्कर दिप बुढालाई अभियुक्त बनाइएको छ । 

गलत प्रतिवेदन तयार गर्ने गराउने कार्यमा संलग्न नेपाल इन्भ्वाइर्मेँन्ट एन्ड साइन्टिफिक सर्भिसका प्रबन्ध निर्देशक सलिल देवकोटा, संस्थाका ल्याव निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरी अभियुक्त बनाइएको छ । कम्पनी र र संस्थाबीच सम्झौता गर्ने मनोज आचार्यलाई अभियुक्त बनाइएको छ ।

कम्पनीको स्वीकृत स्पेशिफिकेशनको गुणस्तर भन्दा कम गुणस्तरको डिएपि मल आपूर्ति गर्ने आपूर्तिकर्ता कम्पनी जोशी बिज हाउस कम्पनीका निर्देशक विनित जोशीलाई आयाेगले डिएपी मल आपूर्ति गरी सोको ९० प्रतिशतले हुन आउने रकम एक अर्व ५३ लाख २२ हजार चार सय छ रुपैया ७२ पैसाकै अभियोग लगाएको छ ।


 

सप्तकोसी डेभलपमेन्ट अनियमितता प्रकरण : थप दुई कर्मचारी निलम्बित

इकागज | पुस १३, २०७८

विराटनगर - सप्तकोसी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ करोड रुपैयाँ हिनामिना गरेको घटन...

अर्थका ‘रिटायर्ड’ शाखा अधिकृतविरुद्ध १ करोड ६४ लाख बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा

इकागज | मंसिर २३, २०७८

काठमाडौँ - भ्रष्टाचारजन्य क्रियाकलाप गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अ...

स्थानीय सरकारहरु संस्थागत क्षमता स्वमूल्यांकनमा किन कमजोर ?

ऋतु राज भण्डारी | मंसिर १५, २०७८

नेपालको संविधान २०७२ ले व्यवस्था गरेबमोजिम स्थानीय तहको चुनाव सम्पन्‍न भै जनप्रतिनिधिहरुको पहिलो पा...

अनियमितता रोक्ने काम कार्यालय प्रमुखको हो : प्रमुख आयुक्त राई

इकागज | मंसिर १०, २०७८

कर्णाली- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता रोक्ने मुख्य जिम्मेवा...

अख्तियारमा २२ हजारभन्दा धेरै उजुरी, मुद्दाचाहिँ जम्माजम्मी ११४

इकागज | कात्तिक २९, २०७८

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वर्षभरिमा जम्माजम्मी १ सय १४ वटा भ्रष्टाचार मुद्दा वि...

प्रधानमन्त्री रोजगारको पैसा कीर्ते बिल भरपाई बनाएर अनियमितता

इकागज | कात्तिक २३, २०७८

उदयपुर- उदयपुरको बेलका नगरपालिकामा प्रधानमन्त्री रोगजार कार्यक्रमको रकम अनियमितता भएको छ । प्रधानमन्त्री ...