समाज

अख्तियारको प्रतिवेदन

अख्तियारमा २२ हजारभन्दा धेरै उजुरी, मुद्दाचाहिँ जम्माजम्मी ११४

इकागज |
कात्तिक २९, २०७८ सोमबार १८:५५ बजे

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वर्षभरिमा जम्माजम्मी १ सय १४ वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ । ती मुद्दामा ४ सय ४३ जना प्रतिवादी बनेका छन् । आयोगले सोमबार राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनअनुसार, उसले ती प्रतिवादीसँग १ अर्ब ८९ करोड ४७ लाख ३५ हजारभन्दा बढी बिगो दाबी लिएको छ ।

आयोगका अनुसार, विशेष अदालतमा मुद्दामध्ये सबभन्दा घूससँग सम्बन्धित छन् । घूस मुद्दामात्रै ७० वटा दायर भएका छन् । त्यसअतिरिक्त सार्वजनिक सम्पत्तिको हानि–नोक्सानिसँग सम्बन्धित २०, गैरकानुनी लाभ–हानिसँग १२, गैरकानुनी सम्पत्ति आर्जनका जम्मा ३ र  नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित ३ मुद्दा छन् ।


गत आर्थिक वर्षमा भ्रष्टाचारका १४ हजार ४ सय २५ उजुरी परेका थिए, अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार २ सय गरी २२ हजार ६ सय २५ उजुरी विचाराधीन थिए । त्यति धेरै उजुरीबाट आयोगले चाहिँ जम्माजम्मी १ सय १४ वटा भ्रष्टाचार मुद्दा दायर भएका हुन् ।

आयोगले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनको सारसंक्षेप :


Author

थप समाचार
x