अनियमितता

निःशुल्क लगाइने कोभिड खोपमा २० हजार रुपैयाँ घूस !

इकागज | माघ १२, २०७८

काठमाडाैँ :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सनषुडा स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साहसहित दुई जनाविरुद्ध २० हजार घूस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा चलाएको छ । आयोगले बुधबार निःशुल्क खोपमा घूस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा चलाएको हो ।

साहले कोभिड–१९ विरुद्धको जोनसोन निःशुल्क खोप लगाउँदा २० हजार रुपैयाँ घूस लिएको दावी आयोगको छ । सेवाग्राहीबाट साहको निर्देशनमा कृष्णाकुमार यादवले कोभिड–१९ विरुद्धको खोपमा २० हजार घूस लिएका थिए । आयोगले घूस रकमसहित पक्राउ गरेको थियो ।

आयोगका दाबी अनुसार, हेल्थ असिस्टेन्ट अजयकुमार साहले सेवाग्राहीसँग खोप निम्ति घूस मागेको र कृष्णाकुमार यादवले घूस लिई मतियारको भूमिका खेलेका थिए । त्यसरी निःशुल्क खोपमा घूस लिनेमा दुवै प्रत्यक्ष संलग्नता देखिएको जिकीर आयोगको छ ।

खानी विभागका महानिर्देशकविरुद्ध १ अर्ब २४ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा

इकागज | माघ १२, २०७८

काठमाडौं : रासायनिक मलमा एक अर्ब रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गराएको अ...

‘अरु देशमा भ्रष्टाचारमा संलग्न राष्ट्रपति–प्रधानमन्त्रीलाई समेत सजाय हुन्छ, हामीकहाँ संरक्षण’

कमल धिताल | माघ ११, २०७८

भ्रष्टाचार मापन सूचकांकसँगै ट्रान्सपरेन्सी इन्टरनेसनल एकाएक समाचारमा छाउँछ । अझ कुनै बेला त स...

नेपाल यो वर्ष पनि ‘भ्रष्टाचार व्याप्त’ मुलुककै सूचीमा, स्कोर स्थिर

इकागज | माघ ११, २०७८

काठमाडौं – ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई यो वर्ष पनि भ्रष्टाचारको मलिलो भूमिमा चित्रित गरेको...

प्रशासनिक भवन अलपत्र पार्ने ठेकेदारमाथि कारबाही गर्ने कानुनी बाटो खुल्यो

इकागज | माघ ४, २०७८

खोटाङ- खोटाङको ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदारसँग ठेक्का ...