अनियमितता

निःशुल्क लगाइने कोभिड खोपमा २० हजार रुपैयाँ घूस !

हेल्थ असिस्टेन्टसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
माघ १२, २०७८ बुधवार १६:३७ बजे

फाइल फोटो

काठमाडाैँ :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सनषुडा स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साहसहित दुई जनाविरुद्ध २० हजार घूस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा चलाएको छ । आयोगले बुधबार निःशुल्क खोपमा घूस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा चलाएको हो ।

साहले कोभिड–१९ विरुद्धको जोनसोन निःशुल्क खोप लगाउँदा २० हजार रुपैयाँ घूस लिएको दावी आयोगको छ । सेवाग्राहीबाट साहको निर्देशनमा कृष्णाकुमार यादवले कोभिड–१९ विरुद्धको खोपमा २० हजार घूस लिएका थिए । आयोगले घूस रकमसहित पक्राउ गरेको थियो ।


आयोगका दाबी अनुसार, हेल्थ असिस्टेन्ट अजयकुमार साहले सेवाग्राहीसँग खोप निम्ति घूस मागेको र कृष्णाकुमार यादवले घूस लिई मतियारको भूमिका खेलेका थिए । त्यसरी निःशुल्क खोपमा घूस लिनेमा दुवै प्रत्यक्ष संलग्नता देखिएको जिकीर आयोगको छ ।


Author

थप समाचार
x