फुटबल

लगातार ४९ औँ खेलमा अपराजित रहेको लेभरकुसेन युरोपा लिगको फाइनलमा

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १०:३७ बजे

काठमाडौँ- जर्मन फुटबल क्लब बायर लेभरकुसेनले कीर्तिमानी ४९ औँ खेलसम्म आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

युरोपा लिगअन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा बिहीबार राति इटालियन क्लब रोमासँग २-२ गोलको बराबरी खेलेसँग लेभरकुसेनले ४९ औँ खेलसम्म आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको हो ।


रोमासँग दोस्रो लेगमा बराबरी खेलेसँग समग्रमा ४-२ गोलको नतिजा निकाल्दै लेभरकुसेनले युरोपा लिगको फाइनलमा स्थान सुरक्षित गरेको छ । पहिलो लेगमा लेभरकुसेनले २-० गोलको जित हात पारेको थियो ।

बिहीबार रातिको खेलमा लेभरकुसेनका लागि जोसिप स्टानिसिकले एक गोल गर्दा रोमाका जियानलुका मानसिनीले एक आत्मघाती गोल गरे । रोमाका लागि दुवै गोल लियान्द्रो पारेडेसले गरे ।


Author

थप समाचार
x