अनियमितता

कामै नगरी भुक्तानी लिने गैरसरकारी संस्थाका प्रमुखलाई भ्रष्टाचार मुद्दा

इकागज |
जेठ ३०, २०७९ सोमबार १५:५६ बजे

फाइल फोटो

काठमाडौं– जनचेतनामूलक कार्यक्रम नै नगरीकन नक्कली बिलका आधारमा भुक्तानी लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा गैरसरकारी संस्थाका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रौतहट जिल्लामा कार्यरत सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवसहितले नक्कली बिल भरपाई तयार गरी १ लाख ७२ हजार २ सय ४० रुपैयाँ भ्रष्टाचार गरेको दाबी आयोगको छ । आयोगले तथ्य/प्रमाणसहित सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


आयोगको अनुसन्धानले सरकारी सम्पत्ति बदनियतपूर्वक हिनामिना रकम खाई मास्ने उद्देश्य लिएको भेटिएको छ ।

तिनले स्थानीय गढीमाई नगरपालिकासँग सेफ नेपाल, गौर–५ रौतहटले लक्षित वर्गअन्तर्गत जनचेतनामूलक कार्यक्रम र महिला जनचेतना कार्यक्रम सञ्चालन गर्न रकम लिएका थिए । उक्त कार्यक्रम संचालन गर्न गढीमाई नगरपालिकाले जिम्मेवारी तोकी सम्झौता गरी कार्यादेश एवं अनुदानसमेत दिएको थियो ।

तर, संस्थाका उक्त संस्थाका अध्यक्ष रामनरेश राय यादवले काम नगरी नक्कली बिल भरपाई तयार गरी रकम हिनामिना गरेका हुन् । आयोगले कैद र विगोबमोजिमको जरिवानाको मागदाबी लिएको छ ।
 


Author

थप समाचार
x