अनियमितता

एक गाउँपालिका अध्यक्षसहित तीन वडाध्यक्ष निलम्बन गर्न पत्र

इकागज |
जेठ २४, २०७९ मंगलबार २२:१ बजे

फाइल फोटो

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोप लागेका एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षको पद स्वतः निलम्बनमा परेको जनाएको छ ।  

आयोगले आज एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर भएका गाउँपालिका अध्यक्षसहित तीन उपाध्यक्षको पद स्वत निलम्बनमा परेको जनाएको हो । 


भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय जनप्रतिनिधि चुनिएको भन्दै अख्तियारले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र लेखेको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय, मोहन्याल ३ का वडाध्यक्ष नन्दराम गिरी, नुवाकोट जिल्ला विदुर नगरपालिका ९ का वडाध्यक्ष हरिराम भण्डारी  र अछामको पंचदेवल विनायक नगरपालिका ७ का वडाध्यक्ष सुरत बहादुर रावलको पद निलम्बनमा परेको हो । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार मुद्दा दायर भएको कुनै व्यक्ति राष्ट्रसेवक भएमा सो मुद्दाको किनारा नभएसम्म स्वतः पद निलम्बन हुने व्यवस्था छ । 

मोहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले वडा नम्बर २ को वडाध्यक्ष भएको समयमा सार्वजनिक सम्पति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ  । त्यस्तै नन्दरामको पनि वडाधयक्ष भएको समयमा सार्वजनिक सम्पति हिनामिना गरेको आरोप छ ।

भण्डारीले नुवाकोटको सुलक्षण माध्यमिक विद्यालयमा प्रध्यानाध्यापक  रहँदा विद्यालयको रकम हिनामिना गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ । यस्तै, रावलले अछामको कालीदेवी माध्यमिक बिद्यालयको  प्राथमित तहको शिक्षमा जागिर खाँदा नक्कली सर्टिफिकेट पेस गरेको भन्दै मुद्दा दायर भएको छ । 


 


Author

थप समाचार
x