अनियमितता

एक लाख घुस माग्ने नापीका सर्भेक्षक भ्रष्टाचार मुद्दामा

इकागज |
जेठ २३, २०७९ सोमबार १८:१० बजे

फाइल फोटो

काठमाडौँ– नापी टोली बुढानिलकण्ठका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टविरुद्ध १ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । आयोगले केसी र भट्टविरुद्ध सोमबार विशेष अदालतमा जरिवाना र सजाय दाबी मुद्दा दर्ता गरेको हो ।

अभियुक्तद्वयले जग्गाको हाल साविक गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोग आयोगको छ । आयोगले दुवैलाई २०७८ चैत २२ मा घुससहित नियन्त्रणमा लिएको थियो ।


आयोगका अनुसार, अनुसन्धानका सिलसिलामा नापी कार्यालय चावहिलका सर्भेक्षक केसी र अमिन भट्टको मिलेमतोमा जग्गा हाल साविकका क्रममा सेवाग्राहीसँग घूस पुष्टि भएको छ । 


Author

थप समाचार
x