अनियमितता

वडाअध्यक्ष र सदस्यलाई निलम्बन गराउन अख्तियारको पत्र

जनप्रतिनिधिमाथि भ्रष्टाचार कसुरको मुद्दा

इकागज |
जेठ ३०, २०७९ सोमबार १९:१७ बजे

काठमाडौं– स्थानीय तह निर्वाचनमा विजयी भएका वडाअध्यक्ष र वडा सदस्यलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं ११  का अध्यक्ष रामदुलार साह र वडा सदस्य उमेश रायलाई निलम्बनका लागि आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहमा पत्र पठाएको हो ।

साह र राय यसअघि पनि सोही पदमा थिए । उनीहरुमाथि भ्रष्टाचार कसुरको मुद्दा विचाराधीन अवस्थामा रहेको आयोगले जनाएको छ ।


उनीहरु उपर घुस लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर गरेको पुष्टि हुन आएकोले बिगो एक लाख पचास हजार रुपैयाँ कायम  गरिएको छ ।

सो मुद्दा आयोगबाट विशेष अदालतमा दायर भएको र उक्त मुद्दा विचाराधीन रहेको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ मा कसुरको आरोप लागेको कुनै व्यक्ति वा राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वत: निलम्बन रहने व्यवस्था अनुसार कार्यान्वयन गर्न तथा गराउन आयोगले सम्बन्धित निकायलाई पत्र काटेको हो ।
 


Author

थप समाचार
x