अनियमितता

घुस लिएको आरोपमा मावि एकडाराका अध्यक्ष र प्रधानाध्यापक अख्तियारको नियन्त्रणमा

इकागज |
जेठ १९, २०७९ बिहीबार १९:२५ बजे

काठमाडौं– महोत्तरीको मावि एकडाराका प्रधानाध्यापक र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । विद्यालयको मैदान निर्माणका क्रममा घुस माग गरेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवान र प्रधानाध्यापक रामदिनेश मण्डललाई नियन्त्रणमा लिइएको हो ।

विद्यालयको खेल मैदान निर्माणका लागि मधेश प्रदेशबाट पचास लाख रुपैयाँ विनियोजन भएकोमा अध्यक्ष र प्रधानाध्यापकले अवरोध सिर्जना गरेका थिए । विनियोजित रकमको ७ प्रतिशत घुस उनीहरुले मागेका हुन् ।


सो रकममध्येबाट ५० हजार रुपैयाँ लिइसकेकालाई उनीहरुलाई अख्तियारले नियन्त्रणमा लिएको हो । उनीहरुलाई आज जलेश्वर नगरपालिका–२ स्थित एक रेष्टुरेन्टबाट पचास हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको हो ।


Author

थप समाचार
x