प्रमुख समाचार

नवप्रवर्द्धन कार्यक्रमका लागि छुट्याइएको ८८ करोड रकम अहिलेसम्म प्राप्त भएको छैन : मन्त्री जोशी

इकागज | बैशाख २१, २०८१

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले मन्त्रालयका विभिन्न कार्यक्रममाथि छुट्याइएको बजेट अझै प्राप्त नभएको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनले मन्त्रालयको नवप्रवर्द्धन कार्यक्रमका लागि ८८ करोड छुट्याए पनि अहिलेसम्म सो रकम प्राप्त हुन नसकेको बताए ।

तराई मधेश समृद्धि कार्यक्रमको अवस्था पनि त्यस्तै रहेको उनले बताए ।

मन्त्री जोशीले आफू मन्त्रालयमा आउँदा पुँजीगत खर्च जम्मा ९ प्रतिशत मात्रै रहेको धारणा राखे । उनले कर्मचारी व्यवस्थापनमा पनि समस्या देखिएको भन्दै धेरै स्थानमा निमित्तका भरमा चलाउनुपरेको बताए ।

मन्त्री जोशीले संघीय निजामती सेवा ऐनलाई महत्वका साथ अघि बढाउनुपर्ने अवस्था देखिएको बताए । कर्मचारीको समस्या कानुनी रूपले समस्या गर्ने अवस्था नरहेको उनको भनाइ छ ।

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो : उपप्रधानमन्त्री लामिछाने

इकागज | बैशाख २१, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति भए पुग्ने ...

देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | बैशाख २१, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरे...

अरूकै नागरिकताबाट कन्सल्टेन्सी चलाएर ३ करोड ठगी गर्ने पाण्डे र श्रेष्‍ठ पक्राउ

इकागज | बैशाख २१, २०८१

काठमाडौँ- नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन्...

जेठ १ गतेदेखि काठमाडौँ महानगरभित्रका १ लाख वटा स्वास्थ्य बिमितको कार्ड जारी हुँदै

इकागज | बैशाख २१, २०८१

काठमाडौँ- स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरपालिकाभित्रका १ लाख बिमितको कार्ड जेठ १ गते जारी हुँदैछ...

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गर्दैछौँ : प्रधानमन्त्री प्रचण्ड

इकागज | बैशाख २१, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूक...