प्रमुख समाचार

चितवन र सर्लाहीमा भएको दुर्घटनामा तीन जनाको मृत्यु

इकागज | बैशाख २०, २०८१

चितवन - पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा  रत्ननगर नगरपालिका–३ का  सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो । उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । 

यसैबीच, सर्लाहीको दुई छुट्टाछुट्टै स्थानमा भएका सडक दुर्घटनामा एक जना महिलाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।

गए राति मलङ्गवा नगरपालिका–१, भेडियाहीमा मोटरसाइकलको ठक्करबाट सोही स्थानकी ६५ वर्षीया मलकिनया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । दुर्घटनालगत्तै उपचारको लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । 

 जिल्लाको रामनगर गाउँपालिका–५, बिर्ता टोलस्थित हुलाकी सडकमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् । मलङ्गवाबाट बलरातर्फ जाँदै गरेको ज१झ ४११ नम्बरको एम्बुलेन्सले भारतीय दर्ता नम्बरको बिआर ३० एफ ५४६१ मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका एम्बुलेन्स, मोटरसाइकल र एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा छन् ।
 

पूर्वप्रशासक र अर्थ विज्ञसँग अर्थमन्त्री पुनले भने- नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आयो

इकागज | बैशाख २०, २०८१

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्र...

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्दैछन् ?

इकागज | बैशाख २०, २०८१

काठमाडौँ- श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच ...

नेता भएर अर्ती नदिनुस् आफूले पनि काम गर्नुस् : मुख्यमन्त्री कँडेल

इकागज | बैशाख १९, २०८१

कर्णाली -  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेता भएर पार्टी कार्यकर्ता र जनतलाई अर्त...