प्रमुख समाचार

चार सय ३६ स्थानमा डढेलो

इकागज | बैशाख २०, २०८१

काठमाडौँ - देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज  ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ । 

प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताए । “आज पनि देशभर डढेलोको अवस्था बिकराल बनेको छ । नेपालको भौगोलिक विकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,” उहाँले भन्नुभयो, “पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ ।”

उनका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन् । उनका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटनाहरू हुन्छन् ।

 “असी प्रतिशत वन डढेलाको घटनाहरु फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छन्  । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरू हुने गर्छन्  । यसकारण अहिले हामी उच्च जोखिममको समयमा छौँ”, शर्माले भने । मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाेको घटनाहरू हुने भएकाले यो समयमा सतर्क भएर बस्नुपर्ने अवस्था भएको उनले बताए । 

 प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको थियो ।
रासस

पूर्वप्रशासक र अर्थ विज्ञसँग अर्थमन्त्री पुनले भने- नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आयो

इकागज | बैशाख २०, २०८१

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्र...

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्दैछन् ?

इकागज | बैशाख २०, २०८१

काठमाडौँ- श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच ...