प्रमुख समाचार

कालीगण्डकी करिडोर : बेनी-जोमसोम-कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

इकागज | बैशाख १, २०८१

म्याग्दी- दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ ।

भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने चार सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो । गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ ।

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाकासम्मको दुई सय दुई किमी सडक स्तरोन्नति र त्यसमा पर्ने खोलामा पुल निर्माण गर्न २०७४ देखि आयोजना सुरु भएको हो । चौध वटा खण्डमध्ये हालसम्म आठ खण्डमा निर्माण सकिएको योजनाको २०८० चैत मसान्तसम्मको भौतिक प्रगति ७८ प्रतिशत पुगेको आयोजना प्रमुख धु्रवकुमार झाले बताए ।

'छ वटा खण्डमा ८५ किमी ग्राभेल र ४८ किमी सडक कालोपत्र भएको छ', उनले भने, 'यस सडकमा १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण भएको छ । छ ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन् ।'

मुस्ताङको कैकु-खन्ती खण्डमा १६ किमी, खन्ती-टुकुचे-मार्फा खण्डमा नौ किमी आक्सफाल्ट प्रविधिको कालोपत्र भएको छ । मुस्ताङको घाँसा-कैकुखोला खण्डमा दुई किमी, म्याग्दीको तिप्ल्याङ-तातोपानी खण्डमा छ किमी, बेनी-गलेश्वर खण्डमा चार किमी र गलेश्वर-बेगखोला खण्डमा तीन किमी डिबिएसडी प्रविधिको कालोपत्र भएको हो ।

मुस्ताङको जोमसोम बजार, काभ्रेभिर र मालढुङ्गा-बेनी खण्डको विभिन्न ठाउँमा तीन किमी बढी सडक ढलान भएको छ । मालढुङ्गा-बेनी सडकको मालढुङ्गा-लस्ती खण्डमा छ किमी, बेगखोला-तिप्ल्याङ खण्डमा दुई किमी र पोखरेबगर-तातोपानी खण्डमा एक किमी कालोपत्रको तयारी भएको छ ।

तेह्र किमी दूरीको जोमसोम-कागबेनी, तातोपानी-घाँसा खण्डमा छ किमी, मार्फा-जोमसोम खण्डमा छ किमी सडक पनि चालु आर्थिक वर्षभित्र नै कालोपत्र गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले बताए ।

कूल रु १० अर्ब लागत अनुमान गरिएको आयोजनाको हालसम्म करिब रु सात अर्ब खर्च भएको जनाइएको छ । रासस

विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नव वर्षको मूल जिम्मेवारी : प्रधानमन्त्री प्रचण्ड

इकागज | बैशाख १, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग ब...

'देश र जनता'माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउँछ : नेता कोइराला

इकागज | बैशाख १, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नयाँ वर्ष २०८१ को शुभकामना दिएका छन् । आज शुभक...

नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो : राष्ट्रपति पौडेल

इकागज | बैशाख १, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्...

काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा १२ हजार विद्यार्थीको क्षमता बढ्यो

इकागज | चैत ३०, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरूमा प्रारम्भिक बाल विकासदेखि कक्षा १...

ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

इकागज | चैत ३०, २०८०

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृ...