प्रमुख समाचार

सल्यान बस दुर्घटना : १४ जना घाइते, चारको अवस्था गम्भीर

इकागज | बैशाख ५, २०८१

दाङ- दाङबाट रुकुमका लागि हिँडेको यात्रुबाहक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए । उनका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिए । उनका अनुसार दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । 

प्रधानमन्त्री प्रचण्डसँग गण्डकीका मुख्यमन्त्री अधिकारीको भेटवार्ता

इकागज | बैशाख ५, २०८१

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेक...

युएईमा भारी वर्षा

इकागज | बैशाख ५, २०८१

काठमाडौँ- भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरूमा बाढीको अवस्थ...