प्रमुख समाचार

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

इकागज | बैशाख २२, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ को उपनिर्वाचनको पराजयपछि समग्र पार्टीको स्थापना कालदेखिकै समीक्षा गर्ने भएको छ ।

शुक्रबार बसेको सचिवालयको बैठकले पार्टीको समग्र समीक्षा गर्ने निर्णय गरेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् ।

साथै रास्वपाले महामन्त्री ढकाललाई समग्र समिक्षाको जिम्मेवारी दिँदै असार १ गते प्रतिवेदन तयार गरि सचिवालय बैठकमा पेश गर्न निर्देशन दिएको छ ।

महामन्त्री ढकालसहितको टोलीले जेठको दोस्रो सातादेखि पार्टीको अवस्था र सुधार गर्नुपर्ने विषय पहिल्याउन देशभर अध्ययन भ्रमण गरेर प्रतिवेदन बनाउने भएका छन् । महामन्त्री ढकालले पेस गरेको प्रतिवेदनका आधारमा पार्टीले नयाँ दिशा तय गर्ने भएको छ ।

साथै रास्वपाले बैशाख २९ गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठकसमेत स्थगित गरेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

इकागज | बैशाख २२, २०८१

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने गरि प्रदेशसभा बैठक आजको ल...

वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छ : पर्यटनमन्त्री तामाङ

इकागज | बैशाख २२, २०८१

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको...

कस्तो छ आजको मौसम ?

इकागज | बैशाख २२, २०८१

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसम सुदूरपश्चिम, क...