क्रिकेट

बर्षाले खेल रद्ध भएसँगै गुजरात प्लेअफबाट बाहिरियो

इकागज |
जेठ १, २०८१ मंगलबार ८:५४ बजे

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) मा गएराती बर्षाले अवरोध गरेपछि गुजरात टाइटन्स र कोलकोता नाइट राइडर्सबीचको खेल रद्ध भएको छ ।

अहमदावादमा लगातार बर्षा भएपछि खेल रद्ध हुदा दुवै टिमले एक एक अंक बाँडेका छन् ।


यो खेल रद्ध भएसँगै गुजरात प्लेअफको दौडबाट बाहिरिएको छ । १३ खेलमा ११ अंक रहेको गुजरातले अब आफ्नो अन्तिम खेल जिते पनि प्लेअफमा पुग्ने छैन ।

गुजरातले आफ्नो अन्तिम खेल आगामी बिहीबार सनराइजर्स हैदरावादसँग खेल्ने छ ।

त्यस्तै कोलकोता नाइट राइडर्सको भने १३ खेलमा १९ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । कोलकोताले अब आफ्नो अन्तिम खेल आगामी आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ ।


Author

थप समाचार
x