क्रिकेट

हैदरावाद आईपीएलको फाइनलमा, आइतबार कोलकातासँग भिड्‌ने

इकागज |
जेठ १२, २०८१ शनिबार ७:२२ बजे

काठमाडौँ- सनराइजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा पुगेको छ ।

शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स फाइनलमा पुगेको हो ।


सनराइजर्सले दिएको १७६ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउँदै १७५ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्स तेस्रो पटक फाइनलमा पुगेको छ । यस अघि सनराइजर्सले २०१६ मा उपाधि जितेको थियो भने २०१८ मा फाइनलमा पराजित भएको थियो ।

अब फाइनल खेल आइतबार सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।


Author

थप समाचार
x