प्रदेश / स्थानीय सरकार

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

इकागज | बैशाख ४, २०८१
वीरगञ्‍ज- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज फेरि विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले बताएका छन् । पछिल्लो केही समय पहिला केन्द्रमा समीकरण फेरिएसँगै मधेश प्रदेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सरकारमा सहभागी भएको थियो । ...