प्रदेश / स्थानीय सरकार

अन्योलताका बीच कोशी प्रदेशसभा बैठक बस्दै

इकागज | बैशाख ६, २०८१
विराटनगर- कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको अधिवेशन बोलाइएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादीका ५२ सांसदको माग बमोजिम बिहीबार दिउँसो १ बजेलाई प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । कोशी प्रदेशमा राजनीतिक अन्योलता बढिरहेको छ । मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन माओवादी केन्द्र र एमालेले फिर्ता लिएपछि बढेको राजनीतिक अन्योलताले निकास पाउने अहिलेसम्म देखिएको छैन ।...