मधेश

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

इकागज |
बैशाख ४, २०८१ मंगलबार ९:४ बजे

वीरगञ्‍ज- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज फेरि विश्वासको मत लिने भएका छन्।

विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले बताएका छन् ।


पछिल्लो केही समय पहिला केन्द्रमा समीकरण फेरिएसँगै मधेश प्रदेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सरकारमा सहभागी भएको थियो ।

कांग्रेसले सरकारबाट बाहिरिएसँगै गत चैत ९ गते नै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

मुख्यमन्त्री यादवले १५ महिनामा यसरी विश्वासको मत लिन लागेको चौथों पटक हो । मधेश प्रदेशमा १०७ प्रदेश सभा सदस्यहरूमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक छ । 


Author

थप समाचार
x