राजनीति

बझाङ मत अपडेट : एमालेका भण्डारीले बढाउँदै मतान्तर

इकागज |
बैशाख १७, २०८१ सोमबार १२:५९ बजे

काठमाडौँ- प्रदेश सभाको बझाङ–१ (क) को मतगणनामा नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ । सुरुवाती मत गणनामा नेकपा एमालेले दोब्बर मतसहित अग्रता बनाएकोमा सोमबार बिहानदेखि कांग्रेसले अग्रता लिएको थियो । तर अहिले फेरि एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

एमालेका दमनबहादुर भण्डारीले १११०२ मत पाएका छन् । त्यस्तै कांग्रेसका अभिषेक सिंहले १०७६१ मत ल्याएका छन् । भण्डारी र सिंहको मतान्तर ३४१ रहेको छ । 


त्यस्तै नेकपा माओवादी केन्द्रका जनक बुढाले ३७९० मत पाएका छन् । एकीकृत समाजवादीका दिलबहादुर सिंहले २४५४ मत पाएका छन् । हाल मत गणना जारी छ ।


Author

थप समाचार
x