राजनीति

इलाम उपनिर्वाचन

एमालेका सुहाङको अग्रता कायमै, कांग्रेसका खड्कासँग ६४३९ मतको फरक

इकागज |
बैशाख १७, २०८१ सोमबार २०:२ बजे

काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले ६ हजार ४ सय ३९ को अग्रता लिएका छन् ।

पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले १९ हजार १ सय १४ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार ४ सय १० मत प्राप्त गरेका छन् ।


यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले ३ हजार २ सय ४२ मतसहित चौथो स्थानमा छन् ।

जम्मा ४५ हजार ९ सय ५३ मतमध्ये हालसम्म ४६ हजार ५ सय ६९ मत गणना भएको छ । जसमध्ये ६१६ मत बदर भएको छ ।


Author

थप समाचार
x