कोशी

कोशी प्रदेश सभाको सचिवमा पराजुली पुन: नियुक्त

इकागज |
बैशाख ३, २०८१ सोमबार १८:११ बजे

विराटनगर- कोशी प्रदेश सभाको सचिवमा गोपालप्रसाद पराजुली पुन: नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गले ९ वैशाखदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गरेका हुन् ।

कोशीका सभामुख अम्बरबहादुर विष्टले पोखरेललाई सचिवमा नियुक्त गर्न गरेको सिफारिसअनुसार प्रदेश प्रमुखले नियुक्त गरेका हुन् ।


पोखरेल यसअघि २०७६ वैशाख १२ गते ४ वर्षका लागि प्रदेश सभाको सचिवमा नियुक्त भएका थिए । उनलाई वैशाख ९ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।


Author

थप समाचार
x