क्रिकेट

दिल्लीमाथि कोलकाता ७ विकेटले विजयी

इकागज |
बैशाख १८, २०८१ मंगलबार ६:५१ बजे

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा कोलकाताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १५४ रनको लक्ष्य पछाएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो ।


यो जितपछि कोलकाताको ९ खेलमा ६ जित र ३ हारसहित १२ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी दिल्लीको भने यो यस सिजनमा छैटौं हार हो । ११ खेलमा ५ जित र ६ हार बेहोरेको दिल्ली १० अंकसहित छैटौं स्थानमा रहेको छ ।


Author

थप समाचार
x