क्रिकेट

राजस्थानमाथि दिल्ली २० रनले विजयी

इकागज |
बैशाख २६, २०८१ बुधबार ७:९ बजे

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई २० रनले पराजित गरेको हो ।

दिल्लीले दिएको २२२ रनको लक्ष्य पछाएको राजस्थान रोयल्सले २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २२१ रन बनाएको थियो ।


यो जितपछि दिल्लीको १२ खेलमा १२ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ । त्यस्तै राजस्थानको भने ११ खेलमा १६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।


Author

थप समाचार
x