दल

मैले सरकारबाट हटाइदिएको भन्ने लागेर कांग्रेस सांसद ममाथि आक्रोशित भए : ओली (भिडियो)

इकागज |
जेठ ४, २०८१ शुक्रबार १३:५९ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै ओलीले संसद्‌मा भिडन्त नभइ कांग्रेसले उत्ताउलोपन देखाएको बताएका हुन् । आफु बसेको ठाँउमा कांग्रेस सांसदहरू आएर अनेक अपशब्दहरू बोलेको र असभ्य व्यवहार देखाएको उनले बताए । 


उनले सरकारबाट आफूले हटाइदिएको भन्ने लागेर आफुमाथि कांग्रेस सांसद आक्रोशित देखिएको हुनसक्ने टिप्पणी गरे ।


Author

थप समाचार
x