बैंक-वित्त

१० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न ५ लेखापरीक्षक कम्पनी सर्टलिस्ट

इकागज |
बैशाख १८, २०८१ मंगलबार १७:७ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न ५ वटा लेखापरीक्षकलाई सर्टलिस्ट गरेको छ। केन्द्रीय बैंकले ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षणका लागि २ नेपालीसहित ३ वटा विदेशी लेखापरीक्षक कम्पनीलाई सर्टलिस्ट गरेको हो।

केन्द्रीय बैंकले गत चैत दोस्रो साता लेखापरीक्षणको लागि आवेदन मागेको थियो। 


राष्ट्र बैंकले बढी कर्जा प्रवाह गर्ने १० वाणिज्य बैंकको लेखापरीक्षण गराउँदै छ। केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा ती बैंकहरूको बाह्य लेखापरीक्षण गनै लागेको हो।


Author

थप समाचार
x