वार्ता

अन्तर्वार्ता

'निर्वाचित सांसदले आफ्नो स्थान, गरिमा र महत्व बुझेर कदम चाल्नुपर्छ'

इकागज | माघ ११, २०७९

प्रतिनिधि सभाले नयाँ सभामुख र उपसभामुख पाएको छ । माघ ५ गते सभामुखमा सांसद देवराज घिमिरे निर्वाचित भएका थिए भने माघ ७ गते भएको उपसभामुखमा सांसद इन्दिरा राना निर्वाचित भएकी थिइन् । निर्वाचित भएसँगै सभामुख र उपसभामुखले प्रतिनिधि सभाको एउटा बैठक सञ्चालन गरिसकेका छन् । दुवैले पार्टीगत रूपमा टाँढा रहेर सदनको भूमिका तटस्थ निर्वाह गर्ने प्रतिवद्धता जनाइसकेका छन् । यसै विषयमा केन्द्रित रहेर सभामुख घिमिरेसँग गरिएको कुराकानी :

प्रतिनिधि सभालाई कसरी हेर्नु र बुझ्नुभएको छ ?

प्रतिनिधि सभा स्वभाविक रूपले जनताको मत जितेर आएका जिम्मेवार नेताहरूको सभा हो । जनताको सार्वभौम सत्ता प्रयोग हुने थलो हो । हिजोको तुलनामा अलिक नयाँ पार्टी, नयाँ सोच, नयाँ विचारका नयाँ नेताहरूसहितको छ । संख्याको हिसाबले अलि ठूलो संख्यामा आएको छ । एउटा प्रणाली र पार्टीबाट आउनुभएको छ । तर आधारभूत रूपमा त्यस्तो खास फरक छैन । त्यस्तो नयाँ मैले महसुस गरेको छैन ।

परम्परागत रूपमा रहेका राजनीतिक शक्ति र उनीहरूको प्रतिस्पर्धीका रूपमा आएका शक्तिहरू बिचको द्वन्द्व देखिने हो कि भन्ने शंका पनि छ, तपाई सभाको रेफ्रीको भूमिकामा हुनुहुन्छ, कसरी कार्यसम्पादन गर्नुहुन्छ ?

एउटा प्रणालीमा आइसकेपछि प्रणालीको आधारबाट चल्नुपर्छ र चल्नुहुन्छ भन्ने मेरो विश्वास छ । खेलका नियमहरू भएजस्तै यहाँ पनि ऐन, नियम, परिपाटी र पद्धतिसम्मत ढंगबाट गएरै त्यसको रिजल्ट निकाल्ने कुराहरू हुन्छ । त्यो दिशामा सबै माननीयज्यूहरूले भूमिका निर्वाह गर्नुहुन्छ । आइपरेका चुनौतीहरू जिम्मेवार नेता र पार्टीहरू त्यहाँ भएको हुँदाखेरी जिम्मेवारीपूर्वक नै आइपरेका चुनौतीहरूलाई समाधान गर्न सकिन्छ । त्यो सहयोग मैले पाउँछु भन्ने मेरो बलियो आत्मविश्वास रहेको छ ।

अहिलेको संसद् त्रिशंकु छ । अनि सरकार आफू बलियो भइराख्न संसद्को सबैभन्दा बढी साहारा खोज्ने गर्छ यस्तो बेलामा तपाई निरपेक्ष तटस्थ हुने कि सापेक्ष सहयोगी हुने ?

राजनीतिले नै सबै कुराको छिनोफानो गर्छ । यो राजनीतिक छलफल, बहस गर्ने ठाउँ हो । त्यसलाई निकास दिनकै लागि तदनुकुलकै यसका व्यवस्थाहरू गरेका हुन्छन् । ऐन पनि तदनुकुल बनेको हुन्छ । नियमावली पनि तदनुकुल बनेको हुन्छ । निस्कर्ष पनि तदनुकुल नै निस्किन्छ । त्यही दिशाबाट जाँदा संसद्को स्वरूप सरकारमा हुनु स्वाभाविक छ । सरकार संसद्माथि निर्भर हुनु पनि स्वाभाविक छ । तर त्यसको निकास त्यही ढंगले जानुपर्छ भन्ने मान्यता मैले राख्छु ।

संसद्भित्र सांसदहरूको प्रस्तुति, भाषाशैली खस्किँदै गएको चर्चा हुन्छ । संसद्को गरिमालाई फर्काउन कसरी काम गर्नुहुन्छ ?

यसलाई ठिक ढंगले लैजान के गर्नुपर्छ भन्ने दिशाबाट सोच्नुपर्छ । त्यो सोच्न मुलतः जिम्मेवार राजनीतिक पार्टीहरू र निर्वाचित भएर आउनुभएका आम सांसदहरू हामी कुन ठाउँमा छौँ ? हाम्रो गरिमा के हो ? हाम्रो महत्व के हो ? हामी माननीय भनेको मान्न योग्य कसरी भएका छौँ ? मान्न योग्यहरूले गर्ने व्यवहारहरू के हुन्छन् ? तरिकाहरू के हुन्छन् ? प्रणालीहरू के हुन्छन् ? भन्ने कुरामा कतै कमजोरीहरू विगतमा भए, अथवा अहिले पनि त्यस्ता सोच वा व्यवहार देखिए भने त्यसप्रति गम्भीर बनाउनुपर्छ । गम्भीर बनाउने मामिलामा सबैको दायित्व छ ।

संघीय संसद् विदेशी दातृ निकाय खेल्ने ठाउँ जस्तो अथवा उनीहरूको अजेण्डा चलाउने जस्तो भयो भनेर आलोचना पनि हुन्छ । यी अवाञ्छित क्रियाकलापहरूबारे तपाईंको बुझाइ के छ ?

अहिले म त्यो तहमा बुझाइ राखेर त्यसमाथि प्रतिक्रिया दिइहाल्नुपर्ने ठाउँमा पुगिसकेको छैन ।

संसदीय गतिविधिलाई बाहिर लैजान नियमित रूपमा संसदीय मामिला सम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरूको अहम् भूमिका हुन्छ, पत्रकारहरूमार्फत् संसद्का विषयवस्तुहरूको सही सम्प्रेषणका लागि कस्तो भूमिका हुन्छ ?

विगतबाट शिक्षा लिनु पर्छ । विगतमा त्यस्ता नकारात्मक शिक्षाहरू केही छन्, त्यस्ता केही घटनाहरू छन्, त्यस्तो प्रवृत्ति छन् भने त्यसलाई बिना पूर्वाग्रह त्यसबाट शिक्षा लिने र आफ्नो भूमिका कसरी राम्रो बनाउन सकिन्छ भन्ने सल्लाह गर्ने, छलफल गर्ने, योजना बनाउने । पक्ष, विपक्ष भएर आएको छ भने दुइवटै पक्षहरू यसमा जिम्मेवार भएर अगाडि बढेर राम्रो वातावरण बनाएर संसद्लाई प्रभावकारी पार्ने कुरामा सबै पक्ष त्यसमा पनि यहाँले भनेजस्तो छ भने त्यो दुईवटा पक्षका बीचमा मिलाएर जानुपर्छ । यो महत्वपूर्ण पक्ष हो भन्ने मलाई लाग्छ । न्युज एजेन्सी नेपाल

प्रहरी प्रशासन र कर्मचारी छैनन्, प्रदेश सरकार भनेर सरकार जस्तो भएन

इकागज | माघ ५, २०७९

गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा (एमाले)का नेता खगराज अधिकारी छन् । प्रदेशसभा निर्वाचनमा कास्की ...

सचिव, महानिर्देशक सबैलाई कठघरामा ल्याउनुपर्छ : क्याप्टेन कुमार पाण्डे

सदिक्षा आचार्य | माघ २, २०७९

विमान दुर्घटनाको समाचारले यति बेला सारा देशलाई शोकाकुल बनाएको छ । आइतबार बिहान १ ०ः ३० मा काठमाडौं...

देउवाको वरिपरि घुम्ने परिश्रमीले होइन, परिक्रमीले कांग्रेस बिगारेका छन्

उपेन्द्र अर्याल | पुस २८, २०७९

‘मतदाताले ठूलो पार्टी बनाउँदै पठाउँदा पनि कांग्रेस सत्ताबाहिर रहनुको जिम्मेवारी कसले लिनुपर्ने ह...

'स्वतन्त्र पार्टीलाई संघीयता विरोधी भन्नु गलत'

उपेन्द्र अर्याल | पुस १९, २०७९

सन्तोष परियार राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद हुन् । नर्वेको नोमा फेलोसिपअन्तर्गत द्वन्द्व, शान्ति ...

पार्टीले घमण्ड गर्ने अवस्था छैन, हाम्रो पर्फमेन्सका कारण भोट आएको होइन: चन्दा कार्की (अन्तर्वार्ता)

इकागज | पुस १९, २०७९

प्रतिनिधि सभा सदस्य निर्वाचनबाट रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी देशकै चौथो ठूलो प...

घण्टीलाई आएकाे भाेट मुख्य शक्तिबाट निराश भएर पोखिएको अभिमत हो : मनिष झा (अन्तर्वार्ता)

इकागज | पुस १९, २०७९

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको गत मङ्सिर ४ गते भएको निर्वाचनमा काठमाडौँ उपत्यकामै पुराना दल र अनुभवी ...

म देउवाको राजीनामाको पक्षमा हैन, नैतिकताको कुरा हो : अर्जुन नरसिंह (अन्तर्वार्ता)

उपेन्द्र अर्याल | पुस १६, २०७९

नेपाली कांग्रेसभित्र प्रभावशाली नेता मानिने अर्जुन नरसिंह केसी नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्यमा...