वार्ता

अन्तर्वार्ता

'इप्पान निर्वाचनमा हाेमिएका अन्यभन्दा आफूलाई योग्य ठान्छु, त्यसैले मेराे उम्मेदवारी'

इकागज | जेठ ३१, २०८०

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिकाे अध्यक्ष पदका लागि किरण मल्ल ले उम्मेदवारी दिएका छन् । उनले गणेश कार्कीसँग प्रतिष्पर्धा गर्दैछन् ।

अध्यक्ष पदमा सहमतिका लागि भएका अनेकौं प्रयास सफल नभएपछि अन्ततः दुवै जनाको उम्मेदवारी परेको हो । इप्पानकाे निर्वाचनमा हाेमिएका अध्यक्षका उम्मेदवार मल्लसँग गरिएकाे संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएकाे छ ।

इप्पानको अध्यक्षमा उम्मेदवारी किन ?

वर्तमान कार्यसमितिका पदाधिकारीलाई हेरिन्छ । उहाँहरूको कामको अनुभव, शिक्षा र विगतका ब्याकग्राउन्डलाई हेरिएको छ । यी सबै कुरालाई तुलनात्मक रुपमा हेर्दा मेरो अनुभव, शिक्षा र यो क्षेत्रमा ३५ वर्षदेखि काम गरिरहेको छु ।

यस क्षेत्रको विभिन्न कमी कमजोरीहरूसँग परिचित भएकाले समाधान गरी आयोजनाको विकास गर्न र सम्बन्धित निकायमा कन्भिन्स गर्ने क्षमता मसँग छ । स्वतन्त्र उर्जा उत्पादकहरूको समस्या वा मागलाई समाधान गर्न सकिन्छ भनेर उम्मेदवारी दिएको हुँ । अध्यक्ष भएपछि धेरै कुराहरूको योगदान गर्नुपर्छ । ज्ञान, समय र काम म दिन सक्छु । मलाई समयले साथ दिएकाले पनि हाम्रो संस्थाका लागि केही गर्न सक्छु भन्ने लागेको छ । मिलाउने समझदारी र उम्मेदवारी फिर्ता लिने छैन ।

मभन्दा अरु योग्य मानिस आएमा मलाई कुनै आपत्ति छैन । अन्य उम्मेदवार भन्दा आफूलाई योग्य ठान्छु । पदको कुनै लोभ छैन । पदको लोभ भएको भए म अरु कुनै ठाउँमा पद ओगटेर बस्न सक्थे । छोराछोरीको पनि साथ रहने भएकाले यसै पटक उम्मेदवारी दिएको हुँ ।

मुलुकको जलविद्युतमा क्षेत्रमा कहिलेदेखि संलग्ना भयो र कति वटामा भइसक्नु भएको छ ?

सन् १९८८ देखि आफ्नो विश्वविद्यालयबाट ब्याचलर सकेपछि आँधीखोला जलविद्युत आयोजनाबाट काम सुरु गरेको हुँ । त्यसको संरचनाको काम पनि १९८८ देखि सुरु भएको हो । साना-ठूला आयोजना गरी विकास योजनकारको रुपमा आफूलाई प्रस्तुत गरिरहेको छु । विभिन्न आयोजनमा प्रत्यक्ष रुपमा सक्रिय भएको छु । ५० वटा आयोजनामा काम गरिसकेको छु । यस संस्थामा लाग्दा मैले काम गरेको बारेमा जानकारी दिँदा उपयुक्त हुन्छ होला ।

यस बारेमा जानकारी गराउन पाउँदा आफूलाई गर्व महसुस हुन्छ । कम्पनीको म्यानेजर, सिइओ, साइड इन्जिनियर र फिल्ड इन्जिनियर भएर काम गरेको अनुभव म सँग छ । निजीमा काम गरेर विभिन्न कम्पनी स्थापना गरिसकेको छु । विभिन्न कम्पनीमा निर्देशकको रुपमा काम गरिसकेको छु । मैले काम गरिसकेको कम्पनीलाई साथीहरूले सक्रिय रुपमा अगाडि बढाएका छन् ।

कतिपयले अहिले पनि गरिरहेका छन् । आफू नै प्रमुख भएर धेरै जलविद्युत आयोजना पूर्ण गरिसकेको छु । मैले काम गरिरहँदा धेरै बैंकले मलाई पत्याएका छन् । जसमा मैले निर्देशक र राम्रो ऋणीको रुपमा आफूलाई उभ्याएको छु । २१ मेगावाट जलविद्युत आयोजनाको काम भइरहेको छ । मेरो संलग्नता विकास र सम्पर्कको काम हुनेछ । बैंकले योजना विकास, शिक्षा र म्यानेजमेन्टको क्षमता छ भनेर पनि भनेर विश्वास गरिरहेका छन् । बैंकले विश्वास गरेर लगानी गरेको अवस्था छ । मैले काम गरेको आयोजनाहरूले राम्रो काम गरिरहेका छन् । त्यस्ता आयोजनामा मेरा साथीहरू छन् ।

इप्पानको विधान नै गज्याङगुजुङ हुने गरी संशोधन गरेर अध्यक्षभन्दा वरिष्ठ उपाध्यक्ष हुनुपर्ने व्याख्या छ । विधानले तपाइको उमेरलाई वैधानिकता दिन्छ त ?

यसमा धेरै अफवाह पनि गर्‍यो । किरण मल्ल अध्यक्षको प्रत्यासी योग्य हुनुहुन्न भन्ने पनि चर्चा चल्यो । यो सबै विपक्षीको मनगढन्ते चर्चा हो यसलाई कुनै पनि हालतमा सत्यता मान्न सकिन्न । अहिलेको विधानले मलाई राम्रोसँग चिन्छ । यसअघि कार्यसमितिमा रहिसकेको छु । मलाई पदाधिकारी हुन र अध्यक्ष हुनलाई अहिलेको विधानले रोकेको छैन । वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालबाट हो यसपटक भने वरिष्ठ उपाध्यक्षको निर्वाचन गर्नुपर्ने विधानमा लेखिएको छ ।

वरिष्ठ उपाध्यक्ष हुनलाई पदाधिकारी हुनुपर्छ र अहिलेको विधानमा समग्र उर्जा क्षेत्रमा रहेका मानिसको ठूलो असन्तुष्टि छ । इपानमा लाग्न चाहने, लगानीकर्ता र संलग्नहरूलाई ढोका खुला भएको मान्न सकिन्छ । पदाधिकारी हुनलाई मात्र ढोका खुला हुन्छ । पदाधिकारी हुनलाई पदाधिकारीको निर्वाचन जित्नु पर्‍याे। त्यसपछि मात्र वरिष्ठ उपाध्यक्षका लागि योग्य मानिन्छ र वरिष्ठ उपाध्यक्षको निर्वाचन जितेर आउनुपर्छ । अनि मात्र उक्त पदाधिकारीका लागि अध्यक्ष बन्न ढोका खुल्नेछ ।

 

 

 

 

सञ्चालकको २५ हजार कित्ता शेयर अनिवार्य भए सर्वसाधारणको लगानी सुरक्षित हुन्छ

इकागज | जेठ १५, २०८०

ऊर्जाको माध्यमबाट राष्ट्रको लागि समर्पित ऊर्जा प्रवर्द्धक रहेर अविच्छिन्न रुपमा निजी प्रवर्द्धकहरूका विभिन्न सवा...

संघीयतामा प्रदेश प्रणाली खर्चिलो भयो भन्ने मलाई लाग्दैन

इकागज | जेठ १५, २०८०

संघीय गणतान्त्रिक नेपालको दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्...

अन्तवार्ता : संघीयता अहिले नै सफल/असफल भनेर मूल्याङ्कन गर्ने बेला भएको छैन

इकागज | जेठ १३, २०८०

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाबाट जारी भएको संवि...

'पत्रकारिताले जुन चोट दिनुपर्थ्याे अहिले त्यसले चोट हान्दैन'

इकागज | बैशाख २४, २०८०

विसं १९८५ मा भक्तपुरमा जन्मिएका वरिष्ठ पत्रकार भैरव रिसाल आजपर्यन्त पनि उत्तिकै सक्रिय छन् । यद्यपि, स्वास्थ्य...

रास्वपा महामन्त्री ढकाल भन्छन्– सरकारबाट बाहिरिनुपर्छ भन्‍ने मेन्टालिटी धेरै साथीहरूको छ

कमल विष्ट | बैशाख १४, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालै सम्पन्न उपनिर्वाचनमा तीनमध्ये दुई क्षेत्रमा जित्यो ...

'जनतालाई २० औं वर्षदेखि लालपुर्जाविहीन राख्नु सरकारको कमजोरी हो'

इकागज | बैशाख १३, २०८०

सुदूरपश्चिम प्रदेश अन्तर्गतको कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाका धेरैजसो बस्ती हिउँदमा पनि बाढी...

जुन पृष्ठभूमिबाट आए पनि सम्पादक हुने ‘लुपहोल’ बन्द गर्नुपर्छ

इकागज | बैशाख १०, २०८०

मुलुकको पत्रकारिता क्षेत्रलाई मर्यादित तुल्याउन अभिभावकीय भूमिका निर्वाह गर्दै आएको प्रेस काउन्सिल नेपालले...