फेसन

रिसम र स्नेहा ‘रनवे ड्रिम्स २०२२’को विजेता

इकागज | चैत २१, २०७८

काठमाडौँ -  रिसम मितल र स्नेहा ढकालले ‘रनवे ड्रिम्स २०२२’ (सिजन २) को उपाधि जितेका छन् । स्नेहाले ८ प्रतियोगिलाई पछिपार्दै केटीतर्फ र रिसम १० प्रतियोगिलाई पछिपार्दै केटातर्फको शीर्ष उपाधि चुमेका हुन् । विजेताले ७० हजार नगदसहित विभिन्न उपहार प्राप्त गरे ।

‘ड्रिम्स इन्टिच्युट अफ मोडलिङ फेसन’को आयोजनामा शनिबार अबेर साँझ लेन्ड मार्क रिसेप्सन कालिमाटीमा आयोजित प्रतियोगितामा केटीतर्फ अनुषा कुवँर क्षेत्री फस्ट रनरअप र अनु मानन्धर सेकेन्ड रनरअप चुँनिदा केटातर्फ ओम जोशी फस्ट रनरअप र समर पुरी सेकेन्ड रनरअप  प्रतियोगितामा अभिनेता रमेश उप्रेती, पहिलो मिस युनिभर्स नग्मा श्रेष्ठ,  फेसन डिजाइनर मञ्जु ढकाल, टन्सर कसेसी, उपासना श्रेष्ठ, निकिता थापा लगायत निणार्यक रहेका थिए ।

अभिनेता कृष्ण मल्ल, कृष्ण मल्ल र पर्यटन बोर्डका नन्दिनी थापा विशेष अतिथिको रुपमा सहभागी प्रतियोगितामा ‘मिसेस टुरिजम २०२२’ को ताज मधु किरणलाई प्रदान गरियो । मधुले दुबईमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस टुरिजम २०२२’मा नेपालको प्रतिनिधित्व गर्ने आयोजक संस्थाकी सिइयो दुर्गा बिसुरालले जानकारी दिइन् ।

युवायुवतीलाई उत्कृष्ट प्रशिक्षणसहित भविष्यमा मोडलिङ र फेसनको जुनै पाटोमा पनि सक्षम रुपमा अगाडि बढाउँदै उज्वल भबिष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले रनवे ड्रिम्स प्रतियोगिता आयोजना भएको आयोजक ‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’मा म्यानेजिङ डाइरेक्टर डा. नविन शाहले जानकारी दिए ।

प्रतियोगितामा फोटो जेनिक अनिल महत, जागृती यादव, मोस्टपपुलर राजिव चौधरी, प्रिंकला खड्गी, बेस्टवाक सौर्य तिर्वा, अनुषा कुवँर क्षेत्री, मष्टफ्रेन्डली आयुष पाण्डे, ग्रिष्मा तामाङ, बेस्टहेयर प्रमिला बिष्ट, मस्ट इस्टाइलिस ओम जोशी र प्रमिला बिष्ट, बेष्ट फिजिक समर पुरी, प्रिंकला खड्गी, मस्टट्यालेन्ट जिक्टेन शेर्पा, अनुषा कुवँर क्षेत्री  बेस्ट पर्सनालिटी रिसभ मितल, स्नेहा ढकाल, मिस डिसिप्लेन सृष्टि नेमकुल घोषित भएका थिए ।
सांगीतिक माहोलमा सम्पन्न प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्य रहेका थिए ।