फेसन

गौतम धिमालको हिमालयमा खिचेका फोटोको प्रदर्शनी सुरु

इकागज |
फागुन ९, २०७८ सोमबार १०:१५ बजे

काठमाडौँ- फोटोग्राफर गौतम धिमालले हिमालयमा खिचेका फोटोहरुको प्रदर्शनी काठमाडौंको मन्डिखाटारमा शुक्रबारदेखि सुरु भएको छ । उनको ‘हिमालयन फेसन एडभेन्चर’ नामक पुस्तक विमोचनसँगै प्रदर्शनी सुरु भएको हो । उक्त पुस्तकमा समावेश गरिएका उत्कृष्ट तस्बिरहरूलाई प्रदर्शनीमा राखिएको हो ।

'हिमालय फेसन एडभेन्चर' शीर्षकको फोटो प्रदर्शनीमा  मुस्ताङमा खिचिएका फेसनेबल तस्बिरहरू राखिएको छ। नेपाललाई फिल्म छायांकन र फोटोग्राफीलाई उजागर गरी पर्यटक आकर्षित गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा मुस्ताङको संक्षिप्त विवरणसहित पुस्तकमा सुन्दर तस्बिरहरू समावेश गरिएको छ। गौतमले भौगोलिक कठिनाइका बाबजुद आफूले फोटो सुट गर्दाको अनुभवलाई पुस्तकमा समेटेका छन् ।


फिल्म छायांकन र ल्यान्डस्केप फोटोग्राफीको प्रवर्धनका लागि यसको प्रदर्शनी आयोजना गरिएको उनले बताए। युवा डिजाइनर तेजमाया पुनको आफ्नो एकल डिजाइनसहित फोटोसुटको सुरुवात भएको गौतमले जनाएका छन् । पुस्तक फेसन डिजाइनर, फेसन फोटोग्राफर, मोडल, साहसिक यात्रु  सबैका लागि उपयोगी हुने गौतमको विश्वास छु ।

‘हिमालयन फेसन एडभेन्चर’ पुस्तक विश्वभर अमेजन प्राइम डटकम र ‘एप्पल आइबुकमा पनि उपलब्ध छ। लोकेसन नेपालले आयोजना गरेको प्रदर्शनी २४ फेब्रुअरीसम्म सञ्चालन हुनेछ।

 

 

 

 

 


Author

थप समाचार
x