समाज

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण

इकागज |
बैशाख १७, २०८१ सोमबार १७:४२ बजे

फाइल तस्बिर

काठमाडौँ- रामेछापका लागि उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौँमा फर्काएर आकस्मिक अवतरण गरिएको छ । आज बिहान काठमाडौँबाट रामेछापका लागि उडेको उक्त जहाजमा हाइड्रोलिक समस्या आएपछि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सुरक्षित रूपमा अवतरण भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनले भने, 'रामेछापका लागि बिहान उडेको सीता एयरको ९०६ उडान नम्बरको जहाजमा हाइड्रोलिक समस्या आएपछि अहिले काठमाडौँ अवतरण गराई प्राविधिक जाँच भइरहेको छ ।' हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुने गरेको बताइएको छ । रासस



Author

थप समाचार
x