फेसन

‘मिस इको’का लागि इजिप्ट जाँदै सोफिया

इकागज |
माघ १६, २०७८ आइतबार १५:३६ बजे

काठमाडौँ- इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२२’ मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन् । भुजेललाई ‘मिस इको इन्टरनेसनल नेपाल’ को ताजसहित उक्त प्रतियोगीताका लागि ग्रिन आर्ट मिडियाले छानेको हो । भुजेलले यस अगाडि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केही सौन्दर्य प्रतियोगितामा सहभागी भएकी थिइन् ।

शनिबार स्ट्यान्ड लन्च एन्ड बार बत्तिसपुतलीमा आयोजित एक कार्यक्रमका बीच ग्रिन आर्ट मिडियाले प्रतियोगी सार्वजनिक गरेको हो । भुजेललाई मिस इको इन्टरनेसनल नेपाल २०२०’ विजेता अनुष्मा रायमाझीले ताज लगाई दिएकी हुन् । रायमाझीले ‘मिस इको इन्टरनेसनल २०२०’ मा ‘मिस इको एसिया’ उपाधि नेपाल ल्याउन सफल भएकी थिइन् ।


भुजेल आगामी मार्चमा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेसनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगिताका लागि भुजेल नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् । भुजेललाई प्रतियोगिताका लागि ग्रिन आर्ट मिडियाकी प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठसहित नेपालका प्रतिष्ठित व्यक्तिहरूले ग्रुमिङ गर्नेछन् ।

कार्यक्रममा धुम्बाराही निवासी २६ वर्षीया भुजेलले  प्रतियोगितामा नेपालका कल्चरल, सांस्कृतिक र पर्यटकीय स्थानको प्रचार गर्ने बताइन् । २०१५ देखि ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा चुनिएकी हुन् ।
 


Author

थप समाचार
x