समाज

नुवाकोटमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा चार जना घाइते

इकागज |
बैशाख २५, २०८१ मंगलबार १७:३८ बजे

काठमाडौँ - नुवाकोटमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा चार जना घाइते भएका छन् ।

अर्किड बोर्डिङ स्कुलको बा३ख ३७२२ नम्बरको बसले बेल्कोटगढी-८ नयाँपुलमा बा २ ख ०४६ प १५२९ र प्रदेश २-०४४ प ३६९२ नम्बरको दुई वटा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी तिलक भारतीले इकागजलाई जानकारी दिए ।


घाइते चारै जनालाई उपचारका लागि त्रिशुली अस्पताल लगिएको उनले बताए । 


Author

थप समाचार
x