समाज

नक्कली ड्राइभिङ लाइसेन्स बनाइदिने सरकारी कर्मचारी प्रहरी फन्दामा

इकागज |
बैशाख १८, २०८१ मंगलबार १८:४१ बजे

फाइल तस्बिर

काठमाडौँ- नक्कली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डे रहेका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला प्रहरी कार्यालय बुटवलको सहयोगमा सोमबार आरोपित पाण्डेलाई नियन्त्रणमा लिएको हो ।


ती कर्मचारी ट्राफिक प्रहरीको कारबाहीबाट यातायात कार्यालयमा ल्याइएका लाइसेन्सको नम्बर राखेर अर्को नक्कली लाइसेन्स बनाउँदै बिक्री गर्ने गरेको खुलेको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।

उनीविरुद्ध सरकारी लिखत किर्तेको कसुरमा मङ्गलबार जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी सीआइबीले अनुसन्धान अघि बढाएको छ । 


Author

थप समाचार
x