समाज

स्रोत नखुलेको नेपाली रकमसहित एक जना नियन्त्रणमा

इकागज |
बैशाख १८, २०८१ मंगलबार १७:४३ बजे

फाइल तस्बिर

पर्सा - पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१६ भन्सार इलाकाबाट वैशाख १७ गते श्रोत नखुलेको ३ लाख ३६ हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।

बि.आर. ०५ एजेट ७५७४ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका भारत घर बताउने ४० बर्षीय पुरुषले सो रुपैयाँको श्रोत खुलाउन नसकेपछि प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।



Author

थप समाचार
x