राजनीति

हारपछि रास्वपाले भन्यो- सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए

इकागज |
बैशाख १८, २०८१ मंगलबार १२:० बजे

काठमाडौँ- इलाम-२ मा जमानत जफत भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहि समयमा घण्टी नबजाएर सचेत गराएको टिप्पणी गरेको छ । 

रास्वपाका महामन्त्री डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै इलाम-२ मा अपेक्षा अनुसार मत नआउनुमा कैयन कमीकमजोरी रहेको इंगित गरेको उल्लेख गरेका छन् । 


उनले इलामका जनताको मतको सम्मान गर्ने भन्दै निर्वाचनको गहन समीक्षा गर्ने बताएका छन् । 

इलाम-२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बुले ५०५० मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेका थिए ।


Author

थप समाचार
x