घटना-दुर्घटना

बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३९ यात्रु घाइते

इकागज |
असार २५, २०८० सोमबार १५:१३ बजे

कैलाली- बैतडीको मेलौलीमा आज भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।


दुर्घटनापछि भण्डारीलाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्‍याइए पनि उनको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा परेर अन्य ३९ यात्रु घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १६ जनालाई डडेल्धुरा अस्पताल रेफर गरिएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै अन्य घाइतेको मेलौलीमा उपचार भइरहेको छ । घाइतेहरूको परिचय खुल्न सकेको छैन ।

आज दिउँसो पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस १ बजे मेलौली नगरपालिका-७ स्वाखानीमा दुर्घटनामा परेको हो ।

बस सडकबाट करिब ४०० मिटर तल खसेर रुखमा अड्किएको थियो ।


Author

थप समाचार
x